गण्डकीका कानून तथा संचारमन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता
पाेखरा | पुस ६, २०७९
पोखराः गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका हुन् ।
भेटमा गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको छ । ओवरायले पोखराको सुन्दरताको बयान गरेका छन् । स—परिवार सहित नेपाल आएका ओवरायले पोखराको रमणीय पर्यटकीय स्थलको भ्रमणले आफु लालयित भएको अभिव्यक्ति दिए । गण्डकी प्रदेशको पर्यटन क्षेत्रको प्रवद्र्धनमा भारतीय सिनेमा मार्फत हुन सक्ने सहयोग आफुले गर्ने बताए ।
मन्त्री थापासँगको भेटमा उनले भने, ‘हजारौं वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता छ । म नेपालमा आउन पाउँदा एकदमै खुशी छु। किनकी नेपाल यस्तो देश हो जहाँ भारतसँग मिल्दोजुल्दो धार्मिक, संस्कृति, इतिहास छ । नेपालको मान्छे हाम्रै हुन्, हामी उनीहरूकै हौं। पोखराको मनोरम दृश्यले मन छोयो । प्रदेशको पर्यटन क्षेत्रमा टेवा पुग्ने गरी भारतीय सिनेमा मार्फत हुन सक्ने सहयोग गरिनेछ ।’
मन्त्री थापाले सिनेमा मार्फत प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न मदत पुग्ने भएकोले सिनेमामैत्री ऐन निर्माणमा प्रदेश सरकारले तयारी गरिरहेको जानकारी गराए । गण्डकी प्रदेश सिनेमा छायाँकनका लागि उत्कृष्ट प्रदेश भएको बताउँदै भारतीय सिनेमा मार्फत प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास उनको छ । मन्त्री थापाले नेपालमा छायाँकन गरिएको भारतीय सिनेमा उचाईलाई राम्रो सफलता मिलेको बताए । उनले नेपालमा छायाँकन गरिएका भारतीय सिनेमाहरुले समेत राम्रो सफलता प्राप्त गर्दा खुशी लागेको अभिव्यक्ति दिए । ‘सिनेमा छायाँकनका लागि गण्डकी प्रदेश उत्कृष्ट प्रदेश हो । नेपाल र भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सिनेमा क्षेत्रले टेवा पुग्ने विश्वास लिएको छु । यहाँका चलचित्रकर्मी र भारतीय चलचित्रकर्मीहरु बीच समन्वय भई काम गर्न सकेमा दुवै देशलाई लाभ हुनेछ । नेपालमा छायाँकन गरिएका भारतीय सिनेमाले राम्रो सफलता प्राप्त गर्दा खुशी लागेको छ’, उनले भने ।
प्रदेश सरकार बाह्य मुलुकबाट सिनेमा छायाँकनका लागि आउने कलाकर्मीहरुलाई स्वागत गर्न सदैव तत्पर रहेको अभिव्यक्ति उनको थियो । भेटमा मन्त्री थापाले ओवरायलाई मायाको चिनो स्वरुप नेपालको पहिचान झल्किाउने ढाका खुकुरी दिएका थिए ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

